गोरखा, १७ भाद्र २०७५ । पालुङटार नगरपालिका वडा नं. ८ धुवांकोटमा आज दर खाने तथा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । धुवाँकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको अध्यक्षतामा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

सिकाइ केन्द्रको भवन मिलनचोकमा भएको दरखाने कार्यक्रममा वडाभित्रका करीब ८०० महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले कार्यक्रमप्रति आफू उत्साहित भएको र सा.सि.के.र महिला सहकारीको कामको निकै प्रशंशा भएकाले आगामी दिनहरुमा महिला उद्धमसिलताका कार्यक्रममा आफूले जोड दिने बताउनुभयो ।

त्यस्तै वडाध्यक्ष कंडेलले आगामी बर्षदेखि वडाभरिका महिलाहरुलाई आगामी वर्षहरुमा दर खाने संस्कृतिमा परिवर्तन गरी महिलाहरुमा एकतावद्ध गर्दै व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।

सोही अवसरमा सामुदायिक सिकाई केन्द्रकै भवनमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा तीज गीत प्रतियोगिता समेत सम्पन्न गरिएको छ । रञ्जना कंडेलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा १३ महिला समूहहरुको सहभागीता रहेको थियो । जसमा चेतनशिल महिला समूह अधिकारी गाउँ प्रथम, रातमाटे महिला समूह दोस्रो, गौलितार महिलासमुह तेस्रो र मिलिजुलि मुलावारिले सान्त्वना स्थान हासिल गरेका छन । कार्यक्रममा प्रथम हुनेले नगद रु.२५००, द्धितीय हुनेले नगद रु.२०००, तृतीय हुनेले नगद रु.१००० र सहभागी सवै समूहलाई नगद रु.५०० प्राप्त गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्