काठमाण्डौ, आइतबार, १८ साउन २०७७ । धावा गोरखा विकास समन्वय समितिले आफ्नो आधिकारिक वेबपेज निर्माण गरेको छ ।

कोरोना भाइरस (कोभिड –१९ ) का कारण समितिको आजको पूर्ण बैठक हुन नसकिरहेको अवस्थामा समितिको कार्य सम्पादन समिति को बैठक मार्फत अध्यक्ष ईन्द्र बहादुर भट्टले उक्त वेबपेज खोलेर सुरुवात गर्नुभयो ।

धावा गोरखाको विकास र सामाजिक कार्यलाई निरन्तर अगाडी बढाईरहेको संस्थाले डिजिटल युगमा संस्थालाई अझै सरल र चुस्त बनाउन वेबपेज आवश्यक भएको अध्यक्ष भट्टले बताउनुभयो ।

वि.सं. २०६५ सालमा गठन भएको संस्थाले विभिन्न समयमा भिन्न भिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । धावा गोरखाको सम्पुर्ण क्रियाकलाप लगाएत भावी योजनाको बारेमा समेत उक्त वेबपेजबाट जानकारी हुने अध्यक्ष भट्टले जनाउनुभयो ।

वेबपेज पूर्ण भईनसकेको र निर्माणाधिन वेबपेजलाई कस्तो बनाउन सकिन्छ भन्ने वारेमा धावाबासी बाट सल्लाह सुझावको अपेक्षा समेत रहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

साथै, आजबाट धावा गोरखा विकास समन्वय समितिको आधिकारिक फेसवुक पेज पनि सञ्चालनमा आएको छ । उक्त पेजलाई धावावासीले लाईक गरि धावा गोरखा विकास समन्वय समितिको क्रियाकलाप अवलोकन गर्न सकिने कुरा अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

हामिले फेसबुक पेज ( धावा गोरखा विकास समन्वय समिति) मा र वेबपेज www.dhawagorkha.com.np मा भेट्न सकिन्छ, उहाँले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्