काठमाडौँ, सोमबार, ५ असोज २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ चौतारा निवासी दुवै मृगौला पिडित शर्मिला परियारलाई थप आर्थिक सहयोग भएको छ ।

दुवै मृगौलाफेल भई त्रि बि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत परियारलाई सिमपानी अनलाइन मिडियाको सहकार्यमा, धावा गोरखा बिकास समन्वय समितिको पहलमा उक्त संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।

धावा गोरखा बिकास समन्वय समितिद्वारा मृगौला पिडित शर्मिला परियारको उपचारका लागि एक लाख चौतिस हजार आठ सय सतासी रुपैयाँ (१,३४,८८७) सगुन क्याफे नयाँ बजार काठमाडौँमा पिडित पक्षलाई हस्तान्तरण गरिएको धावा गोरखा बिकास समन्यव समितिका अध्यक्ष इन्द्र भट्टले जानकारी दिनुभयो ।

उनका श्रीमान् ट्याक्सी चालक हुन् । मुटुमा पानी जमेर करिव १ लिटर पानी निकालेपछि हाल दुवै मृगौला फेल भएर उपचार गराउन आर्थिक अभाब रहेको थियो । शर्मिला परियारको उपचारका लागि आर्थिक अवस्था एकदम कमजोर रहेको हुदाँ सहयोगको याचना गरेका परियारले आज सहयोगी मनहरुका कारण उपचारका लागि थप आर्थिक रकम सहयोग स्वरुप जुटेको छ ।

उनको १२ बर्षका १ छोरा र १४ बर्षकी १ छोरी छन् । घरको अवस्था नाजुक भएकोले उनले आर्थिक सहयोगको अपिल गरेका हुन् । उनलाई सहयोग गर्नेको लागि कृष्ण परियारको मोबाइल न ९८४११२८९३१ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

साथै, सिमपानी अनलाइन मिडियाले सहकार्य गरेको हुदाँ सिमपानी अनलाइन मिडिया ग्रुपका बिमल भट्ट सम्पर्क नं. ९८४१४८९५४६ र ९८४९६९९४११ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति कृष्ण परियारले सबैमा धन्यबाद ब्यक्त गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्