चितवन, २७ माघ २०७६ । धनधान्यान्चल महोत्सवमा ‘मुस्लिम समाज’ को ब्यानर देखेपछि वाह हाम्रो समाज …… । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी रहेको धनधान्यान्चल महोत्सवमा ‘गोरखा बजार मुस्लिम समाज’ले पनि आर्थिक सहयोग गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुको प्रवचन भइरहेको बेला वाचनमा मन्त्रमुग्ध रहेका पण्डित दिनबन्धु पोखरेलले नेपाली समाजको प्रसंशा गर्दै वाह गरेका छन् ।मुस्लिम समुदायले रंगशाला निर्माणका लागि नगद २० हजार १ सय सहयोग समेत गरेका छन् ।

त्यतिबेला पण्डित पोखरेल मञ्चबाट उद्घोष गर्दै भने ‘नेपाललाई चार जात छत्तिस वर्णको फुलबारी त्यसै भनिएको होइन, हाम्रो पहिचान यहि हो, हाम्रो मेलमिलाप, सद्भाव र सम्बन्धले विश्वमा नेपाल अलग पहिचान बोकेको छ’ उनले थपे ‘सम्मान छ उहाँहरुलाई, यो हो हाम्रो असली पहिचान र सम्पत्ती हो, सधैभर यस्तै प्रगाढ सम्बन्ध कायम रहोस् मेरो यहि कामना ’ भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्