काठमाडौँ , १४ मन्सिर २०७७ / नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेले दुई देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका लागि आफू आएको बताएका छन् ।

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ आइपुगेका चिनियाँ रक्षामन्त्री फेङहेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका हुन् ।

उनलाई गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपालका लागि चीनका राजदूत हउ यान्छीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

काठमाडौँ बसाईमा चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् । उनी आजै स्वदेश फिर्ता हुनेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्