काठमाडौँ, २०७५ साल श्रावण ६ गते आइतबार । नेपालका लागि कतारका महामहिम राजदुत युसुफ बिन मुहमद अल-हेलले सन २०२२ मा कतारको राजधानी दोहामा हुने फिफा विश्वकपका लागि आफ्नो देश तयार भएको बताएका छन ।

ललितपुर चुनीखेल स्थित कतारको राजदुताबासमा नेपाल खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष संगको भेटमा महामहिम राजदुत युसुफ बिनले उक्त कुरा बताएका हुन ।

हामीले आगामी विश्वकप कतारको मात्र नभई सम्पूर्ण एशियाली मुलुकको साझा मन्चको रुपमा तयार गर्ने छौ, महामहिम राजदुत युसुफ बिनले जोड दिंदै भन्नुभयो, ‘आगामी फिफा विश्वकपलाई अविस्मरणीय बनाउन हामीले कुनै कसर बाकी राख्ने छैनौ जसको तयारी सुरु भइसकेको छ,’ उहाले जोड दिदै भन्नुभयो, ‘दोहा २०२२ का लागि तयार रहेको छ ।’

कतारको राजधानी दोहामा आयोजना हुने फिफा विशवकप आफ्नो देशको मात्र नभएर सम्पूर्ण एशियाली देशहरुको भएको स्पष्ट पार्दै यसमा सबैको उत्तिकै साथ र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

महामहिम राजदुत युसुफ बिनले भेटमा कतारमा मजदुरहरुका विषयमा समय-समयमा चलाइएका विभिन्न अफवाहहरुका विषयमा ध्यनाकृष्ट भएको उल्लेख गर्दै मजदुर सुरक्षाका सवालमा कतार जहिले पनि संवेदनशिल रहेको बताउनुभयो । उहाले मजदुरको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरुको पारिश्रमिक र स्वास्थका जस्ता महत्वपूर्ण कुराहरुलाई गम्भीर रुपमा लिने बताउनु भएको छ ।

मजदुरहरुले काम गर्ने बेलामा लगाउने बातानुकुलित ज्याकेट देखि लिएर उनीहरुको स्वास्थ उपचारका लागि सम्पुर्ण नि:शुल्क रहेको जानकारी गराउँदै महामहिम राजदुत युसुफ बिनले मजदुरहरुले प्राप्त गर्ने तलबमा समेत कुनै कर नलगाइएको स्पष्ट पार्नुभयो । उहाले मजदुरको हक-हितका सवालमा जहिले पनि सकारात्मक सोचका साथ हेरिएको बताउँदै भन्नुभयो, ‘हामी मजदुरका सवालमा अगाडी बढेर सहयोग गर्न तत्पर छौं ।’

महामहिम राजदुत युसुफ बिनले मजदुरहरुका लागि बस्ने सुविधाका लागि सुबिधा सम्पन्न कोलोनी र उनीहरुको भिसा खर्च समेत नि:शुल्क गरिएको बताउँदै केही विचौलियहरुले भिसा खर्च भन्दै उनीहरुसंग लिएको रकम फिर्ता गराउने काम समेत गरिएकोे बताउनुभयो  ।

नेपालबाट जाने कामदारहरुको स्वास्थ्य परिक्षण जस्तो महत्वपूर्ण काम अब राजदुतावासबाट नै सन्चालन गरिने समेत महामहिम राजदुत युसुफ बिनले बताउनुभयो  । ‘धेरै कामदारहरुको नेपालमा गरिने स्वास्थ्य परिक्षण कतारमा जाँदा फरक पर्ने भएकोले यो सुरु गर्दै छौं जसका कारण उनीहरुलाई कुनै समस्या नपरोस ।’ उहाले भन्नुभयो ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्