काठमाडौं, २२ कात्तिक २०७६ । नेपाल विद्यार्थी संघले भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा औपचारिक रुपले नेपाली भुमि समेटेको भन्दै देशभर प्रदर्शन भईरहेको छ ।

यसै क्रममा नेपाली कांग्रेसको भातृसंस्था नेविसंघ पनि देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको छ । 

भारतले नेपाली भुमिमा पटक पटक अतिक्रमण गर्दै आएको भन्दै नेविसंघ कडा आन्दोलनमा उत्रिएको जनाईएको छ ।

नेपाली भुमिमा रहेको लिपुलेक माथि आँखा पुन गाडेको भन्दै नेपाल बिधार्थी संघ सडकमा उत्रिएको नेपाल बिद्यार्थी संघले भारत सरकारले यस्तो कार्य गर्दा नेपाल सरकार हेरेर बस्न नहुने भन्दै सरकारको  ध्यानाकर्षण गराएको छ ।

नेविसंघले भारतले यसरि नै सिमा अतिक्रमण गर्दै गए हतियार उठाउनु पर्ने स्थिति आउन सक्ने भन्दै कडा चेतावनी दिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै संघका निवर्तमान केन्द्रीय सदस्य सुमन पाण्डेले देशको सिमा अतिक्रमणको बारेमा भारतीय सरकारलाई सचेत गराउन बिरोध प्रदर्शन गरेको भन्दै अबको केही समयमा नै सिमामा केही तल माथी भए नेपाल बिद्यार्थी संघले देशको सिमा सुरक्षाको लागि हतियार उठाउने बताए ।

नेता पाण्डेले यसप्रकारको घटनामा चनाखो बनन र समय मै पहल गर्न अनुरोध गरे । पाण्डेले अब पार्टी भन्दा माथि रहेर देशको निम्ति लड्न सम्पूर्ण बिधार्थी मित्रहरुलाई आग्रह गरे ।