फायल तस्वीर                                                    चितवन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले दुई तिहाईको घमण्ड देखाएर पेल्न खोजे नमान्ने बताउनुभएको छ ।
चितवनमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं महाधिवेशनको उद्घाटन गर्दै नेता देउवाले दुई तिहाईको घमण्ड गरी नेपाली सेना, प्रहरी, कर्मचारी प्रशासन, संवैधानिक निकायमा हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।
संवैधानिक निकाय र न्यपालिकामा समेत हस्तक्षेपको संकेत देखिएको बताउदै देउवाले  कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांग्रेसले स्वीकार्न नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको बताउदै उहाँले कर्मचारीलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । देउवाले कहीकतै हस्तक्षेप भए नेपाली कांग्रेसले कडा विरोध गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार दुई तिहाइको घमण्डमा स्वेच्छाचारी र सर्वसत्तावादतिर जान खोजेको बताउनुभयो ।
नेपाली काग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा ५ सय ७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी रहेका संघले जनाएको छ ।
यूनियनका अध्यक्ष सुवोधकुमार देवकोटाले  महाधिवेशनले संघीय संरचना अनुसारको विधान अनुमोदन गर्दै ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिनुभयो ।
संघको ७७ जिल्ला समिति र मन्त्रालय र विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् भने २८ हजार पाँच सय सदस्य रहेका छन् ।उज्यालो अनलाईन वाट,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्