घोराही, १६ असोज २०७५ । नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ ।

घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण सुरु गरेको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिए ।

६ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको संयोजन कांग्रेस क्षेत्र नम्बर ३ ले गरेको छ ।

करीब १७ लाखको लागतमा शालिक पूर्णरुपमा तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिए ।

मंसिर मसान्तसम्म निर्माण सकिनेछ ।

विं.स २०६३ असार २७ गतेको साबिक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माण गर्ने निर्णय गरेको थियो ।

जसको २०७१ साल साउन ६ गते कांग्रेसका नेता स्व खुमबहादुर खड्काले शिलान्यास गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्