काठमाडौँ, भाद्र ३१ । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

आज आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न सहमत भएका छन ।

सरकार पक्ष, यातायात व्यवसायी र यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

चाड मनाउनका लागि राजधानीबाट बाहिरिने यात्रुलाई लक्षित गरि  काउन्टरहरु विस्तार गरिने समेत बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्