काठमाडौँ , २५ असोज २०७५ । हिजोबाट हामी महान चाडमा प्रवेश गरेका छौँ । आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्चारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपश्या गरेर शिव भगवानलाई पतिरुपमा वरण गरेकी थिइन् । ब्रह्चारिणी शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजा पछि चीनी मिश्री र पञ्चामृत प्रशाद चढाउनाले तथा दान गर्नाले दिर्घायु हुने मानिन्छ ।

अर्कोतिर आजकै दिन गैर आवसीय दिवस । आज विश्वमा नेपालीहरुको पहुँच बढ्दो छ । कुनैपनि नेपाली ६ महिना, रोजगारी, बसाइँसराई, शिक्षाको दौरानमा अन्य देशमा बसोबास गर्ने नेपाली नै गैर आवसीय नेपाली हुन् । सन् २००७ पछि भने सार्क देशमा बसोबास गर्ने नेपाली मूलका नागरिक र लामो समय विदेशमा बस्ने विद्यार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवसीय नेपालीमा समावेश नगर्ने बताएको थियो । विभिन्न स्वेच्छिक वा अस्वेच्छिक रूपमा नेपाल बाहिर रहेका नेपालीहरूकाे संख्या दिनकै बढेकाे छ । तथ्यांकले पनि २१ लाख माथि नै देखाउँछ । तर मित्रराष्ट्र लगायत जाेड्ने हाे भने ४० लाख सम्मकाे अांकडाहरू अाएका छन् । त्यहि कमाइ अाज देशकाे धान्ने स्राेत भएकाे छ । स्थायी रूपमै विदेश बस्ने नेपालीहरू नै गैर अावसीय नेपाली हुन् । जसकाे याेगदानले देशका उच्चदेखि विपन्न वर्गसम्म गुण लगाएकाे छ । यहि भएरपनि नेपाल लगायत विश्वका विभिन्न स्थानहरूमा अाज गैर अावसीय दिवस मनाइन्छ ।

सँगै आज विश्व दृष्टि दिवस पनि हो । संसारमा सबैभन्दा अमुल्य अंग आँखा हो । संसार देखाउने आँखाबाट कोहिपनि बञ्चितीमा पर्नु हुँदैन । विश्व स्वास्थ्य संगठनले पनि यही पक्षमा ध्यान दिएको पाइन्छ । तर अझैपनि विश्वमा ३ करोड ६० हजार बढी दृष्टिबिहिन मानिसहरु छन । यस्तै २ अर्ब ४६ करोड बढी मानिसहरु कम दृष्टिबाट पीडित छन् ।

यसकारण दृष्टि र यसको उपचार विश्वको आजको जल्दोबल्दो बहस र चुनौति भएको छ । यसकारण जनजागरण, आँखा दान जस्ता पुण्य दानबारे अभिप्रेरित गर्नको लागि पनि यो दिवस मनाउने गरिएको छ । दृष्टिसँग सम्बन्धित विभिन्न सँस्था तथा सामाजिक सँस्थाहरूले अाज जागरणका कार्यक्रमहरू अायाेजना गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्