काठमाडौँ, ३ फागुन २०७६ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०१९/२० को नयाँ च्याम्पियन को बन्ने भन्ने छिनोफानो आज (शनिबार) हुने त्रिभुवन आर्मी र मछिन्द्र क्लबबिचको अन्तिम खेलको नतिजाले गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । सहिद स्मारक ‘ए’ डिभिजन लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउनेछ । यी दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

लिगको शीर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा हुनेछन् ।लिगको अन्तिम खेल बाँकी हुँदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछाडि छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्रको च्याम्पियन बन्ने सपना तुहिने छ । आर्मीको २९ अंक छ भने मछिन्द्रको २८ अंक छ ।

आज मछिन्द्रले लिगको अन्तिम खेलअघि अनुबन्ध गरेको राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ति मगरलाई आर्मीविरुद्धको अन्तिम खेलमा मैदान उतार्ने छ ।

मछिन्द्रविरुद्ध आर्मीलाई दबाब कम हुनेछ । मछिन्द्रविरुद्ध आर्मी जित अथवा कम्तिमा बराबरी गर्ने योजनामा हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्