सिमकोट,६ पौष २०७५ । कर्णाली नदी माथिको यात्रा गर्नेको आङ सिरिङ्ग हुन्छ । आङ सिरिङ्ग पनि किन नहोस् ?तुइनकै भरमा यात्रा गर्नुपर्ने बाध्यता छ । ठाउँ ठाउँमा कर्णाली नदीमाथि पैदल यात्रीहरूको आउजाउ बाक्लै हुने गरेको भए पनि पुल नबन्दा यात्री आङ सिरिङ्ग पार्दै यात्रा गर्न बाध्य छन् ।

सिमकोटबाट दक्षिणको यात्रा गर्दा कर्णाली नदीमा पहिलो तुइन खार्पुनाथ गाउँपालिकाको केन्द्र रहेको स्थान याङ्चु बगरमा तर्नुपर्छ । दैनिक बिहान र बेलुका तुइन तर्नेगर्नु भएका स्थानीय मक्क रोकायाले आङ सिरिङ्ग हुने गरेको बताउभयो ।
पालिकामा केही न केही काम पर्ने र धेरै अघिदेखि पुल निर्माणको माग गरेको भए पनि नबन्दा तुइनका भरमा यात्रा गर्न बाध्य भएको उहाँले बताउनुुभयो । ‘के गर्नु? यो बाध्यता हो । डर भए पनि घर पुग्न चाँडो होला भनेर डराई डराई तुईन कै भरमा कर्णाली नदी पार गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

सर्केगार्ड गाउँपालिका वडा नम्बर १ को तुम्च र मुगुको सिमानामा पनि तुइनमै आउजाउ गर्नु परेको तुम्च निवासी मंग मल्लले बताउनुुभयो । अर्को जिल्ला परे पनि बिबाहबारीदेखि अन्नपात गाईवस्तु समेत किनबेच गर्नुपर्ने भएको कारण छिमेकी जिल्लाको गाउँमा जान तुइन कै भरमा आउजाउ गर्नुपर्ने अबस्था भएको उहाँले भन्नुभयो ।

उहाँले फलामको लठ्ठाको भरमा काठको फ्ल्याकमा बसेर कर्णाली नदीमाथि वारपार गर्नु निक्कै जोखिम भए पनि त्यसको विकल्प नभएको बताउनुुभयो । उहाँले धेरै भयो पुल निर्माणका लागि योजना माग गरेको तर कतैबाट सुनुवाई नभएको भनी गुनासो गर्नुभयो ।

हाल कर्णाली नदीमाथि थुप्रै स्थानमा तुइन कै भरमा धेरै हुम्लाबासीले ज्यानै जोखिममा राखेर वारपार गर्नु पर्ने बाध्यता छ । नदीमाथि बनेका झोलुङ्गे पुलहरू अपायक पर्ने र लामो समय लाग्ने भएपछि स्थानीयहरू चाँडै घर पुग्न कै लागि पनि ज्यानको बाजी राखेर तुइन तर्ने गरेकोे स्थलगत अनुगमन गरेर सदरमुकाम सिमकोट फर्कनु भएका पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताउनुुभयो ।हिल्सादेखि कवाडीसम्म झण्डै दुई सय किलोमिटर कर्णाली नदी बगेको भए पनि पुल निर्माण नभएको कारण स्थानीयले तुइनमै यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्