काठमाडौं, ४ माघ २०७५ । चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । पुस २५ गतेदेखि इलाममा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै बिहीबार राति नै काठमाडौं ल्याइएको हो ।

डा. केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । उनलाई झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो ।

डा. केसीलाई राति काठमाडौं ल्याउने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा आएका थिए । डा. केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ । उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्