फोटोः नागरिक

डा देवकोटाको इच्छा जन्मथलाे स्थित सिस्नेधाराको पानी खाने

काठमाडौ- बाँसबारी स्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाले जन्मथलो गोरखा पालुङटार स्थित  सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई हेलिकप्टरबाट जन्मथलो लगिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

हेलिकप्टरमा गोरखा पालुङटार नगरपालिको बोहरागाउँमा पुर्‍याइनेछ। बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा डाक्टर देवकोटाको पुर्खौली घर रहेको छ।

पित्त थैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको छ। यसको उपचारका लागि उनले बेलायतमा किमोसमेत लिएका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डाक्टर देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराए। सेतोपाटी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्