रुपन्देही, जेठ ६ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिस्ट दलको एकीकरणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै  हाम्नो पाटी जेट विमान भएको र जेटमा २ वटा पाइलट हुने भन्दै दिएको भाषणलाइ लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ ।

शनिबार नेपाली कांग्रेस सैनामैना नगर समिति रुपन्देहीले आयोजना गरेको नगरसभाको उद्घाटन गर्दै थापाले अंक गणितको धाक लगाउँदैमा कांग्रेस विचलित नहुने बताउनुभयो । राणा शासन र राजासँग नडराएकाे काँग्रेस नेपाल कम्युनिस्ट पार्टीसँग नडराउने  बताउनुभयो । उहाँले राणा शासन र राजासँग लड्दै र पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै नेपाली कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने दावी गर्नुभयो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्