काठमाडौं, शनिबार, १७ साउन २०७७ । यतिबेला नेपाली नारीको महान चाड हरितालिका तीजका गीतहरु बाजामा आउने क्रम जारि छ, यसै क्रममा नेपाली तीज गीतमा एउटा मिठो सहकार्यमा अत्यन्त राम्रो गीत के छ ओए पान पाटे ठुली नामको गीत सार्बजनिक भएको छ ।

गीतमा नवराजका शब्दलाई निकै न्याय हुने लय सर्जक खेम पुनले गरेका छन् । गीतमा रिना केसी र रबिन लामिछानेको आवाज सुन्न सकिन्छ । गीतको म्यूजिक भिडियोको पक्ष पनि निकै दमदार रहेको छ । गीतमा प्रकाश सपुतका भाइ देवेन्द्र बब्लुले निर्देशको कुशल भूमिका निभाएका छन् भने प्रकाश सपुत, जुना सुन्दास, निक्स शर्मा र जुना गुरुङको अभिनय रहेको छ ।

नेपाली लोकदोहोरीको इतिहासमा आजसम्मकै धेरै दर्शक बनाउन सफल नवराज पन्तको कलम निकै तिखो छ भन्ने कुरा पन्तका लोकप्रिय सिर्जनाबाटै सबैलाई प्रष्ट हुन्छ । आफ्नो लेखन कलाको फेरि नयाँ प्रमाण पेश गरेका छन् नयाँ तीज गीत पानपाते ठूलीबाट ।

भिडियो हेर्नुहोस :

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्