यदुराम सापकोटा

२ बर्ष अगाडी भएको प्रतिनिधिसभा /प्रदेशसभा निर्वाचनमा केपी ओलीले चितवन पुगेर, शेरबहादुर देउबा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन भनिदिएका थिए ।

अर्को दिन शेरबहादुर देउबा पोखरा पुगेर, छाती चौडा पारेर चुनाबी सभाबाट केपी ओलीलाई उत्तर दिदै भने, “मलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुन्छस भन्या छ बल्ल ४ पटक भयो” बोल्दै नबोल्ने देउबाले यति बोल्दा कार्यकर्ताहरुले यही देउबाको झटारो सामाजिक सञ्जालमा सेयर गर्न भ्याई नभ्याई भएको थियो ।

त्यसैको अर्को दिन केपी ओलीले पोखराकै आमसभाबाट देउबा माथी प्रहार गरे, “अब शेरबहादुर देउबालाई प्रधानमन्त्री त्यही ज्योतिषले बनाए बनाउछ तर जनताले बनाउने वाला छैनन”

ओली र देउबाको यो दोहोरी चुनाबी झटारो थियो । देउबाको नेतृत्वमा चुनाबमा गएको कांग्रेसले ऐतिहासिक रुपमा नै लज्जास्पद हार बेहोर्नु पर्यो ।

यतीबेला केपी ओली प्रधानमन्त्री छन् । कांग्रेस सङ्ख्यात्मक रुपमा अत्यन्तै कमजोर प्रतीपक्षको भुमिकामा छ । प्रतिपक्ष दलको नेता शेर बहादुर देउबा ,अहिले चलेको भाषामा भन्दा छायाँ सरकारको  प्रधानमन्त्री हुन । उनको ज्योतिषले भनेको ग्रहमा एक पटक यो छाया सरकारको प्रधानमन्त्री काटीयो भने  जम्मा ५ पटक कटेको छ । अब ज्योतिषले भनेजस्तै सल्लाह र ज्योतिषकै बिश्वास गरेर अगाडी बढ्ने हो भने अझै २ पटक शेरबहादुर देउबा कित देशको प्रधानमन्त्री नभएपनि छायाँ सरकारको प्रधानमन्त्री बन्नै पर्ने अवस्था छ ।

त्यती भएपछी  त्यो ज्योतिषले भनेको ठ्याक्कै पुग्नेछ र यस्तो ठ्याक्कै भबिष्यबाणी गर्ने ज्वतीसकोमा हात हेराउन जानेको भिड लाग्ने पक्का छ ।

अहिले कांग्रेस यती कमजोर अबस्थामा आईपुग्दा समेत देउबाले  कांग्रेस कमजोर छ भन्ने कती महसुस नगरेको सजिलै बुझ्न सकिन । उनको नेतृत्वशैली हेर्दा उनी कांग्रेस कमजोर छ बलियो बनाउनु पर्छ भन्ने सोचबाट भन्दा पनि,कांग्रेसको नेतृत्वमा आफ्नै दबदबा रहनुपर्छ । अरुलाई पेलेरै जानुपर्छ भन्ने सोचबाट अगाडी बढेको देख्न सकिन्छ ।

भातृसंस्थाहरु नेतृत्वबिहीन छन । शुभेच्छुक संस्थाहरु नेतृत्व बिहीन छन । प्रवासी जनसम्पर्क समितीहरु देउबाको ठाडो निर्देशनको पत्रले खारेज जस्तै अवस्थामा पुगेका छन् । यति हुदाँ समेत उनलाई कतीपनी चिन्ता छैन । पार्टी सानो होस् ,कमजोर होस् उनलाई मतलब छैन ,तर उनलाई पार्टी खुम्चिएपनि त्यही खुम्चिएको पार्टी को सभापती रहरहनु छ ।

छाँया सरकारकै भएपनि प्रधानमन्त्री रहीरहनु छ ।

पार्टीको बिधानमा लेखिएको ३ महिना समयसिमा भित्र नत उनले केन्द्रिय कार्यसमिती पुरा गरे,नत केन्द्रिय बिभागहरु गठन गरे । त्यतिबेला बहुमत आफ्नो पक्षमा हुदा हुदै गर्नुपर्ने केही पनि गरेनन तर आफ्नो सभापती कार्यकाल सकिन ३ महिना मात्र बाकी छँदा बहुमतको दम्भ देखाउदै बिधानमा लेखेको भन्दा डबल बिभाग थप्ने निर्णय गरे । अहिलेसम्म भागबन्डामा चलेको ४ जनाको सम्पती तरुण दललाई ३ मा झारेर समय सकिएपछी  ति ३ जनालाई छ महिना गरिखाउ भन्ने निर्णय गरे ।

नेपाल बिधार्थी संघ तदर्थ समिति गठन गर्ने भनेर नैनसिङ महरलाई उनले नै राजिनामा दिन बाध्य पारे तर अहिले सम्म उनी  आफै यता न उता भएका छन् ।

जनसम्पर्क समितिहरु पुरै लथालिङ्ग पारेका छन् । उनको चाकडी गर्ने, शेर बहादुर दाई र आर्जु भाउजु भनेर वरीपरी घुम्नेहरुलाई कसरी खुशी पार्ने र १४ औ महाधिबेसनबाट फेरी नेतृत्व हत्याउने सोचमा उनि छन् । अब उनले बहुमतबाटै नेबिसंघ, तरुणदल, जनसम्पर्क समितिहरु, बिभागहरुमा आफ्नो चाकडी गर्ने, आफुलाई दाई दाई , श्रीमतीलाई भाउजु भन्नेहरुलाई नियुक्त गर्नेछन्  ।

चाकडी गर्नेलाई खुशी बनाएपछी ति खुशीहुनेहरुले १४ औ महाधिबेशनमा पार्टीको भबिष्य के होला वास्तै नगरी, देउबाको झिलीझाम्टो बोकेर देउबालाई सभापती बनाउन लाग्ने छन् ।सरासर, सजिलोसँग बाहिरबाट हेर्ने ले बुझ्न सक्छन्, कि  शेर बहादुर देउबा उनको ज्योतिषको सल्लाह अनुसार अगाडी बढिरहेका छन्  ।

फेरी अर्को पटक सभापति भएर, नेकपासँग असन्तुष्ट जनताले रुखमा भोट हालेर कांग्रेस ठुलो बनाईदिए भने, सकेसम्म नेपाल सरकारकै  प्रधानमन्त्री नभए अहिले २३ सिट बाट घटेर ५/७ सिटमा झरेपनी छायाँ सरकारको प्रधानमन्त्री बन्ने गरी शेरबहादुर देउबा अगाडी बढीरहेका छन् । शेर बहादुर दाई, आर्जु भाउजु भन्ने हरुबाट शेर बहादुर देउबा  जोगीन सकेनन भने उनी सभापती त  बन्लान तर ज्योतिषले भनेको सात पटक प्रधानमन्त्री चाही, छायाँ सरकारमै सिमित बन्ने निश्चित जस्तै छ ।

बिधानलाई मिचेर ज्योतिषको सल्लाहमा हिडेका देउबा, आफै नेतृत्वमा रहेर पनि आफैले पार्टीमा अहिलेकै जस्तो गिरोह निर्माण गर्दै जाँदा ताली बजाएर, टुलुटुलु हेरेर बसेका कार्यकर्ताहरुलाई पनि हेक्का रहोस् ,नेकपासँग असन्तुस्ट रहेका जनताले ३ बर्ष पछाडी शेर बहादुर देउबालाई पाचौ पटक प्रधानमन्त्री बनाउन रुखमा भोट हाल्ने कुरा ,”आकाशको फल,आखाँतरी मर”जस्तै हुनेछ ।

अनि, केपी ओलीले गएको चुनाबी सभामा बोले जस्तै “शेरबहादुर देउबालाई ७ पटक प्रधानमन्त्री त्यही ज्योतिषले बनाए मात्रै हो, जनताले चाही बनाउने छैनन”…..

यदुराम सापकोटा

हाल जापान

लेखक : कांग्रेसमा लामो समयदेखी क्रियाशिल कार्यकर्ता हुन् ।

१७ पौष २०७६