पोखरा, मंगलबार, ९ मङ्सिर २०७७ । कास्कीको मादी गाउँपालिका-६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जनालाई सिरक वितरण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष पसबहादुर बाँस्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको सहज जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रा गुरुङले भौतिक शरीर टाढा हुँदैमा आफ्नो गाउँठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने बताइन् । प्रतिष्ठानका सचिव एवं श्री महारुद्र मावि तप्राङका प्रधानअध्यापक गङ्गाधर बरालले मानवीय सेवाका जुट्न आग्रह गरे ।

जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुशी छाएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्