गोरखा, आइतबार, १८ साउन २०७७ । जिल्ला प्रसासन कार्यालय गोरखाले काठमाण्डौ उपत्यका प्रवेशका लागि अत्याबश्यक बाहेकका पास उपलब्ध नगराउने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रण र व्यवस्थापनको लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले काजकिरियाका लागि जाने आउने, रिफर गरिएको बिरामी र बिरामी कुरुवा, हवाइ टिकट सुनिश्चित भइसकेका बिदेश जानुपर्ने विदेशी तथा नेपाली नागरिकका लागि प्रसासनबाट पास उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले निजी क्षेत्रमा कार्यरत व्यक्तिहरुको हकमा कार्यरत कार्यालयको पत्र सहित वडा कार्यालयको सिफारिस र दिर्घ रोगीको हकमा जिल्लामा प्रयोग गरिरहेको औषधी नपाइने भनि गोरखा अस्पताल वा चिकित्सकको सिफारिसमा मात्र सवारी पास उपलब्ध गराउने निर्णय गरेको प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो । गृहमन्त्रालयले काठमाण्डौ उपत्यका प्रवेशको मुख्य नाकामा पूर्ण रुपमा आवागमन बन्द गर्ने गराउने र आबश्यक प्रभावकारी व्यवस्थ हुन तथा अत्याबश्यक प्रयोजनका लागि मात्र पास दिन निर्देशन दिएसंगै जिल्ला प्रसासन कार्यालय गोरखाले यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्ला भित्र जिल्ला भित्र संक्रमणको जोखिमको अबस्था मूल्याङ्कन गरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराई न्युनतम २ मिटर सामाजिक दुरी कायम गरी मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, अनिबार्य रुपमा घर बाहिर निस्कदा मास्क लगाउन समेत सवैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख सेनाली उज्वलकेसी, प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै समितिका सल्लाहकार जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोककुमार गुरुङ, गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्त, नेकपा गोरखा जिल्ला इन्चार्ज कृष्ण धिताल, नेपाली काग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपाने, जनतासमाजबादी पार्टी पार्टी गोरखका सचिव, बिपिनचन्द्र ढकाल, नेपाल शिक्षक महासंघ गोरखाका अध्यक्ष ध्रुवकुमार भट्ट लगायतको सहभागिता रहेका थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्