काठमाडौं, कात्तिक २०

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जापानले विकास गरेको विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी प्रविधि र उपकरण नेपालजस्तो प्राकृतिक जोखिममा रहेको मुलुकका लागि उपयोगी भएको बताउनुभएको छ ।

नेपालका लागि जापानका राजदूत मासाशी ओगावाससँगको शिष्टाचार भेटमा उहाँले जापानले नेपालको ऊर्जा, सडक, यातायात, सूचना प्रविधिलगायत क्षेत्रमा महत्वपूर्ण पूर्वाधार संरचनाको निर्माणमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै जापानले नेपाललाई सन् २०१५ को भूकम्पपछिको उद्धार तथा पुनःनिर्माणमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो ।

भेटवार्ताका क्रममा जापानी राजदूतले नेपाललाई विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग पु¥याउन आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । जापानी राजदूतले आगामी सन् २०२५ मा आयोजना हुने वल्र्ड एक्स्पो जापानको ओसाका शहरमा आयोजना गर्न नेपालको समर्थनका लागि समेत अनुरोध गर्नुभएको मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूले जापानका महामहिम राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र जापानबीच लामो समयदेखि अत्यन्त घनिष्ठ र सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धमा आगामी दिनमा अझ बढी प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो,’ बिज्ञप्तीमा भनिएको छ ।

रक्षा मन्त्रालयका अनुसार मन्त्री पोखरेलले जापानले नेपालको अर्थिक सामाजिक विकास तथा ऊर्जा, सडक, यातायात, सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण पूर्वाधार संरचनाको निर्माणमा पुर्याउँदै आएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्