जापान, २३ भाद्र २०७६ । जापानमा आएको भारी बर्षासंगैको आँधीले प्रभावित बनेको छ । फक्साई नामको आँधीका कारण जापानको जनजीवन प्रभावित बनेको हो ।

आँधीले टोकियो, कानागावा, सिङजुका शहर प्रभावित बनेको हो । आँधीको कारण नै सरकारले तीनै शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी केही दिन रहने भन्दै सबैलाई सेचत रहन आग्रह गरिएको बीबीसीले जनाएको छ । आँधीको कारण जापानका सय भन्दा बढि हवाई उडान रद्ध भएका छन् ।

त्यसैगरी रेल्वे सेवा अवरुद्ध भएका छन् । जसको कारण सयौँ यात्रु अलपत्र परेका छन् । आँधीकै कारण बिजुली आपूर्ति पनि बन्द गरिएको छ । जसको कारण २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् ।

सरकारी कार्यालयहरुको काम पनि प्रभावित बनिरहेको छ । आँधीकै कारण मानविय क्षति भएको समाचार नआए पनि केही भौतिक क्षति भएको बताईएको छ । क्षति भएका स्थानमा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।