काठमाडौं, ३ पौष २०७५ । नेपाली आईटी इन्जिनियरलाई जापानका कम्पनीमा काम गर्ने अवसर जुट्ने भएको छ । आईजिसिको टेक्नोलोजीको सक्रियतामा जापानको ओशाकासहित हिबिकु कम्पनी लिमिडेट र त्रिभुवन विश्वविद्यालयको मान्यता प्राप्त काठमाडौं इन्जिनियरिङ्ग कलेज विच नेपाली आइटी इन्जिनियरहरु जापानको आईटी कम्पनीमा पठाउने सहमति भएको छ ।

वार्षिक दश हजार आईटी इन्जिनियर उत्पादन हुने नेपालमा आईटी विद्यार्थीहरुलाई खासै राम्रो बजार उपलब्ध नहुदा आफ्नो क्षमता देखाउने अवसर छैन । सिस्टम डेभलोपमेन्ट कामदारको ठुलो अभाव रहेको जापानले भियतनामबाट आईटी इन्जिनियरहरु लगिरहेको थियो । अब नेपाली आईटी इन्जिनियरहरुलाई जापानको बजारमा अबसर मिल्ने भएको छ ।

आईजिसिको टेक्नोलोजीले हिबिकु क.लि.सगको सहकार्यमा काठमाडौ इन्जिनियरिङ कलेजमा अध्यनरत जापान जान चाहाने विद्यार्थीहरुलाई एक वर्ष जापानिज भाषा सिकाउने र प्रत्येक वर्ष जापानिज आइटी कम्पनीहरुलाई नेपालमा ल्याई काठमाडौं इन्जिनियरिङ कलेजमा ‘जब फेयर’ गरी वार्षिक १ सय जना नेपाली आइटी इन्जिनियरहरुलाई जापानमा ‘हाई स्किल भिषा’ मा लिएर जाने सहमति भएको छ ।

हिबिकुका अध्यक्ष यामानो सिनिचचिरोले जापानमा अहिले आईटी इन्जिनियर–सफ्टवेयर डेभलोपरहरुको माग करिव चार लाख रहेको र यसका लागि नेपालको आइटी इन्जिनियर सहयोगी रहन सक्ने बताउनु भयो । साथै नेपालमा आईजिसी टेक्नोलोजीसगको सहकार्यमा जापानको सफ्टवेयरहरु नेपालमा बनाउने काम समेत शुरु गरेको जानकारी समेत उहाले दिनुभयो ।

आईजिसिको टेक्नोलोजीका अध्यक्ष गणेशमान लामाका अनुसार जापानमा अहिले ‘हाई स्किल वर्कर’ हरुको आवश्यकता रहेकोले नेपाली आइटी इन्जिनियरहरुलाई सुनौलो अवसर रहेको बताउनु भयो । तर, जापानीज भाषा आवश्यकता रहेकाले आईजिसीले जापान जान चाहाने विद्यार्थीहरुलाई निःशुल्क जापानीज भाषा पढाई दिने र छनौट भएका आईटी इन्जिनियरहरुलाई इन्टरसिपको सुविधा दिने जानकारी दिनुभयो ।

जापानको आइटी बजारमा नेपाली आईटी इन्जिनियरहरु पठाउने कामको शुरुवातको रुपमा यसलाई लिएको उहाले जानकारी दिनुभयो । हाललाई वार्षिक एक सय जना आईटी इन्जिनियरहरु पठाउने भएपनि आगामी दिनमा यो सख्या ५ सय सम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष लामाले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्