गोरखा, आइतबार, १ कात्तिक २०७७ । जनआदर्श सेवा समाजको भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सेवा गर्ने उदेश्यले गोरखाको भिमसेनथापा गाउँपालिका वडा न २ मा स्थापना भएको जनआदर्श सेवा समाजको नजिकिदै गरेको बिजय दशमी तथा शुभदिपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान तथा भर्चुअल बैठक उक्त वडाका वडादक्ष नारायण भट्टराईको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

साथै, अग्रज व्यक्तित्व देवेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन जनआदर्श सेवा समाजका अध्यक्ष सन्तोष भट्टराईले गर्नु भएको थियो ।

यस कार्यक्रमको जानकारी जनआदर्श सेवा समाजका सस्थापक सचिव महेश भट्टराईले दिनुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्