काठमाडौं, १३ पौष २०७५ । विगत ५ वर्षदेखि मनाउदै आईरहेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन नेपाली र नेपालीमूलका नागरिकहरुलाई आह्वान गरिएको छ । जनवरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिन्छ ।

अभियानलाई थप व्यवस्थित, व्यापक र संस्थागत बनाउने उदेश्यले अभियन्ताद्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले नेपाली टोपी प्रतिष्ठान नामक गैर सरकारी, गैर नाफामुलक संस्था गठन गरेका छन् ।

क्यानडाबाट २०१० नोभेम्बरदेखि टोपी इभेन्टको नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भएता पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन ।जसलाई संस्थापक द्वय काफ्ले र बन्जाडेले सामाजिक संजाल मार्फत २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले अभियानको शुरुवात गर्नु भएको थियो ।

यसै सन्दर्भमा नेपालीले बसोबास गर्दै आएका विश्वका हरेक मुलुकमा नेपाली टोपी अन्तर्राष्ट्रिय प्रतिष्ठान शाखाको स्थापना गर्ने क्रममा ३९ मुलुकहरुमा नेपाली टोपी प्रतिष्ठान शाखा गठन भएको प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिनुभयो ।
टोपी प्रतिष्ठानका अन्तर्राष्ट्रिय शाखा र अध्यक्ष

१ रोमानिया – खगेन्द्र अधिकारी
२ ग्रीस – कृष्ण पोखरेल
३ रसिया – ईन्द्र प्रसाद भुसाल
४ हंगेरी – नारायण भण्डारी
५ लक्जेम्बर्ग – बालहरि राई
६ अष्ट्रेलिया – महेन्द्र कुमार लम्साल
७ न्यूजिल्याण्ड – बुद्धि सागर घिमिरे
८ ओमान – दीपक श्रेष्ठ
९ नर्वे – नयन मल्ल
१० स्वीडेन – प्रेम गौतम
११ थाईलैण्ड – मिलन घिमिरे
१२ पोर्तुगल – कुबेर कार्की
१३ स्पेन – दीपक खरेल
१४ आयरल्याण्ड – राजन काफ्ले
१५ बेल्जियम – दीपक न्यौपाने
१६ अष्ट्रिया – जीवन जंग कुँवर
१७ मल्डोभा – गिरीश उप्रेती
१८ हङकङ – कृष्ण पाण्डे
१९ ईजरायल – खेमराज जमर कट्टेल
२० जापान – चुडामणि काफ्ले
२१ अमेरिका – राज पोखरेल
२२ फ्रान्स – मिन जि सी
२३ दक्षिण कोरिया – के पी सिटौला
२४ मलेसिया – कृष्ण प्रसाद नेपाल
२५ फिनल्याण्ड – सुदिप भूषण अर्याल
२६ कतार – कुमार कार्की
२७ बुल्गेरिया – गुञ्ज बहादुर चोख्याल
२८ जर्मनी – रण बहादुर साउद
२९ ईटली – दिनेश बाला श्रेष्ठ
३० ब्राजिल – गणेश गुरुङ
३१ पोल्याण्ड – डा. बोधराज सुबेदी
३२ कुबेत – गोबिन्द प्रसाद तिम्सिना
३३ म्यानमार – सागर घिमिरे
३४ डेनमार्क – रमेश घिमिरे
३५ यू के – अर्जुन कटुवाल
३६ माल्दिभ्स – डा. शैलेश भगत
३७ स्वीट्जरल्याण्ड – भूमिराज गुरुङ
३८ ताईवान – शुदर्शन पाण्डे
३९ क्यानाडा – गोपी कृष्ण काफ्ले

निकट भविष्यमा नै विश्वका ७५ मुलुकमा नेपाली टोपी प्रतिष्ठानको स्थापना गर्न आफ्नो प्रयास भइरहेको जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्