काठमाडौं, साउन ७

डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै गरेको अनसनमा दुर्गम क्षेत्रमा चिकित्सकलाई धेरै खटाउन नहुने पनि राखेका छन् । सरकारी छात्तवृतिमा पढेर आउने विद्यार्थीले कम्तीमा पनि पाँच वर्ष दुर्गममा गएर काम गर्नुपर्ने विषय सरकारले विधेयकमा समावेश गरेको छ ।

तर, डा. केसी दुर्गमका जनतालाई पनि शिक्षाको पहुँचमा पु¥याउने हो भन्दै अनसनमा बसेपनि स्वयम चिकित्सकलाई भने लामो समय खटाउन नहुने अडानमा छन् । तरको उनकै मुख्य मागप्रति उनले अर्को विवादस्पद बुँदा समावेश गरेका छन् । जुन उनकै एक मागको विरोधीका रुपमा अर्को माग छ । केसी चिकित्सकलाई पाच वर्षसम्म दुर्गममा पठाउन नहुने अडानमा छन् । चिकित्सा शिक्षा अब काठमाडौंमा केन्द्रीत गर्न नहुने बताउने केसी र उनका समर्थक नै दुर्गममा चिकित्सकलाई लामो समय खटाउन नहुने अडान छन् ।

डा. केसीका तर्फबाट वार्ताको नेतृत्व गरिरहेका मध्ये एक सदस्य डा. अभिषेकराज सिंहले छात्तवृत्तिमा साढे पाँच वर्ष पढेर दुई वर्ष मात्रै दुर्गम क्षेत्रमा खटाउनुपर्ने बताउछन् । उनले छात्रवृत्तिमा पढेको मान्छेलाई दुर्गममा पठाएर सरकारले जिवन वर्वाद पार्न लागेको तर्क गरे । सरकारी लाखौं रुपैयामा पढेर आउने अनि काम चाही आफुले भने जसरी गर्नपाउनु पर्ने अडान उनको छ । त्यसको अर्थ जनताले तिरेको करबाट पढ्ने तर सेवा दिने बेला चाही दुर्गम क्षेत्रका जनतालाई छोटो समयमात्र दिनुपर्ने हास्यस्पद कुरा उल्लेख गरेका हुन् ।

सिंहले भने,‘ एउटा विद्यार्थीले चिकित्सकमा नाम निकालेर आफ्नो मिहिनेतले पढ्छ । उसले एमबिबिएसपछि साढे पाँच वर्ष पढेर दुई वर्ष छात्रवृत्तिमा काम गर्छ । यदि उसलाई हामीले पाँच वर्ष त्यही रोक्यौं भने उसले एमडी कहिले गर्छ ? एमडीपछि फेरि पाँच वर्ष डिएम कहिले गर्ने ? पिएचडीको कोर्ष कहिले गर्ने ? हामीले कोहीलाई छात्रवृत्तिमा पढाएर उसलाई बन्दकी बनाएर राख्न सक्दैनौं नि । उसको करियरको कुरा आउँछ ।’

केसीका माग अनुसार भन्ने हो भने छात्रवृद्धिमा पढेर आएकाहरुलाई सुगम क्षेत्रमै राख्नुपर्ने स्पष्ट अडान देखिन्छ । सुगम क्षेत्रमा मात्र चिकित्सक खटाउने अनि दुर्गममा जान नमान्ने चिकित्सकहरु नै अहिले केसीको आन्दोलनमा समर्थन गर्दै दुर्गममा चिकित्सक सेवा पु¥याउनु पर्ने भन्दै सडकमा उर्फिरहेका छन् । माग र भाषणमा गरिव एंव दुर्गम क्षेत्रका मानिसलाई पनि शिक्षामा पहुँच पु¥याउने गरी मिठो शब्दमा अनसन बसेको भन्ने र व्यवहारमा त्यो नदेखाउदा उनिहरुमाथी शंका गर्नुपर्ने अवस्था श्रृजना भएको देखिन्छ ।

पछिल्लो समय केसीको पक्षमा आन्दोलन गरिरहेका अधिकाशं चिकित्सक सरकारी कोषमै छात्रवृद्धि पढेर आएका तथा दुर्गममा खटिएकाहरु छन् । सरकारी खर्चमा पढेर दुर्गममा गएर ६ महिना एक वर्ष काजमा बसेकाहरु नै अहिले काठमाडौं आएर केसीको आन्दोलनमा समर्थन गरिरहेका छन् ।

यसविषयमा भने केसीले अहिलेसम्म मौनता साधेका छन् । सरकारलाई गाली गर्ने बेलामा चोर औला ठड्याउदै २० औं दिन निक्कै जंगिएका केसी यसविषयमा भने मौन छन् । तर, डा सिंहले भने त्यो आफुहरुको दायित्व नभएको बताउछन् । नीतिगत तह निर्माणको कुरा भन्दै राज्यले नै त्यस्ता व्यक्ति खोज्नुपर्ने प्रक्रिया दिए । अहिले पनि अधिकाशं दुर्गम क्षेत्रमा चिकित्सक जान मान्दैनन् । स्वयम केसी नै पनि सन् १९८९ देखी १९९३ सम्म नेपाली जनताको पैसाले बंगलादेशमा हाडजोर्नी विशेषज्ञ हासिल गरी नेपाल आएका व्यक्ति हुनुहुन्छ । तर उहा पनि दुर्गम क्षेत्रमा जाने बेला राजिनामा दिएर बस्नु भएको थियो । त्यत्ति बेला दुर्गममा एक दिन पनि सेवा गर्न जानु भएन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्