(कबिता)
छाउपडिमा नारी दिवस् |                                              नारीदिवसमा हाम्रा चेली हरु,
एउटा अध्यारो कोठा भित्र
बिताउन बाध्य कुना भित्र
मात्र दुइ थोपा रगत्को होलिमा,
देवी,कालि, सरस्वती र लक्ष्मी पुजामा,
उनिहरु रिसाउने सोचमा अभिसप्त,
बिवसता, बिवल्ता सामाजिक दुस्चक्र भित्र,
सोच्दछु म कहिले काहि,
के उनिहरुलाई रिसाउने अधिकार छ,
त्यो ईन्द्रको श्राप्, ब्रम्हाले बाड्न मिल्छ ?
सन्तान सुखको लालिपप मा ।
सोर्ग खली होस वा बैकुण्ठ,
तिमी नै लिइ जाउ तिमी सृस्ठी कर्ता
मेरी आमा, दिदि, बहिनिले दुख पाए तिमीले गर्दा
ईन्द्रको ब्रह्महत्या किन नारिले भोग्नु पर्ने ?
अनि देउता किन रिसाउनु पर्ने ?
मेरै हजुर बुवाले गुरुधाम गर्दा,
कसैको ज्यान बचाउनु पर्दा
रगतको खोलो बग्दा, तिमी त्यही गएर पुजा गर्नु हुने
तर एउटा नारिको दुइ थोपा रगत बग्दा परसर्नु पर्ने
ईन्द्रकै पक्ष लाग्नु पर्ने,
कि नेपाल बाटै सापटी लिऔ ?
न्यायलय, पत्रकार, श्रमजिबी मा
उस्कै पक्ष लिनु पर्ने,

जो जस्प्रती बफादार छन ?
तिम्रो बचन फिर्ता हुँदैन भने
बरु तिमी नै राजास्वला हुन तयार हौ ।
यहिप्रथा ले धेरै चेलीले ज्यान दिए
अब सहन गाह्रो होला
अन्याय को पक्ष तिमीले लिए ।
सक्छै भने फिर्ता लिइ जाउ
नखोज अब धेरै भाउ
तिमीले छोडी दिएको राजास्वला
कठै बारा गयो मनुस्य चोला
तिमीनै गर शृस्टी
भै सको यहाँअ अति बृस्टि
तिमी यदी छौ भने
आउ लाईजाउ तिम्रो बचन
छोडी देउ तिम्रा प्रवचन ।by Om Pandey

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्