प्रिय  चेली,                                                               म प्रदेशिको सम्झना।न त मैले तिमिलाई लिन जान पाएँ न त भान्जा भान्जिसँग जिस्कदै खेल्न रमाउन नै पाएँ।मेरो पैताला मरुभमिमा खियाई राखेको छु र तिम्रो पाउले घरमा टेकिदिए पनि केही शितल अनुभूति  हुन्छ।तिमी घरमा आएर मेरो कमि हुदा कति मन भक्कानिन्छ होला?म मरुभुमिमा पौठेजोरी खेल्दै जीवन र समयसँग मुकाबिला गर्दै गर्दा तिम्रो याद न आएको होइन र पनि तिमी माइत आउँछेउ र त म शान्त हुन्छु। म त संङै  हुन पाइन तिमिले भय पनि बाबा ममिको आँखामा आँसु झर्न नदेउ है?

रातो साडी चुरा पोतेमा सजिएकि चेली

हासी खुसी मेरो घरमा तिज मान्दै तिमि चेली 

म प्रदेशिको अभाबमा पनि चेली 

बाबा ममि सँगै रमाउनु है चेली

अतितलाई सम्झिएर नरोउ तिमी चेली 

सँगै हुर्किएकी गाउँ बेसि डाँडा पाखा खेलि

एकोहोरिएर शुन्यतामा यता उति गरि 

तिम्रै बाटो हेरिरहन्छन बाबा ममि चेली 

बर्ष दिनमा आउने पर्व खुशी छाइदेउ चेलि

माइती घरको आँगनिमा पाउ पार्देउ  चेली 

सधैं मेरो तड्पाईमा होइन नबिर्सिए हुन्छ चेली 

हाँसेर नाची मेरो घर पबित्र बनाइदिए हुन्छ चेली।।

     

       म धन कमाएर फर्किन्छु। तिमिले आखालाइ ओसिलो नपार्नु । म तिम्रो लागि धेरै खुसी कमाउछु। तिमीले आफ्नो मन बोझिलो नपार्नु। मैले नसम्झिएको सोच्दै होलेउ है हैन? तिमिलाइ मैले कैले नै बिर्सिएको छु र? रापिएको कोइलामाथी हिडेर भय पनि तिम्रो लागि मेरो छाया शितल बनाउछु। तिरस्कार र हण्डरबाट ग्रसित भएपनी म तिम्रा लागि धेरै माया कमाउछु। 

मैले तिम्रो ओठमा पिजडा उम्केको पन्क्षीको झै खुसिको हासो देखेको दिन यो सन्सारलाइ चिच्याएर सुनाउछु मेरि चेलिको माया। मेरो सफलताको खुड्किलो अलि टाढा टाढा छ जति चोटि चड्न खोजे त्यो भन्दा धेरै पटक आशाले लोप्पा खुवाएको छ। तेसैले केही बर्ष दाइलाइ पर्खिनु है । दाइ तिम्रो लागि खुसी किन्न आशुको पोखरिमा पौडिएर नून खोज्दैछ। आज शब्दहरु बोझिलो भएर नि कलम आफै सर्दैछन।

मैले तिम्रो हर कदममा बताससङै चन्चल भएर रमाएका बादलको झै रफ्तार देखेको दिन म बिश्वलाइ चुनौती दिनेछु सन्सारको सबैभन्दा भाग्यमानी म हु र केवल म मात्र। तिम्ले आज राम्रो सङ लेख्न जानेको अक्षरहरुले अझै मलाइ बिर्सिएका छैनन। तिम्रा ती हातले अझै मेरा चोरी औला भुलेका छैनन । हरेक दिनको बिहान मैले पाण्चायनको पुजा गरिरहंदा तिम्ले स्कुल जान ढिला भयो भनी घाँस काटेर आएर पनि जे छ त्यही पकाएर दिएको अनि मैले पुजा गरिसकेर हतार हतारमा खाना खाई स्कुल हिडेकोदिनको अझै पनि मेरा मानसपटलमा ताजै छ्न। तिम्रा ती हरेक गुण मैले कहिल्यै बिर्सने छैन । आज पनि बजारमा बेचिन तम्तयार सयपत्रीले तिम्रै याद दिलाउछ ।

     परदेशको रहनसहनमा भिजेपनी तिम्रो दाइले किन्चित पनि मन साघुराएको छैन । सबै भावना धुवाले उडाउने बानी परेतापनी मनमा आसिन तिम्रो मायालाई अलिकती पनि छुन दिएको छैन ।

मेरि प्यारी चेली म हाम्रो लागि अपार खुसी कमाउन ब्यस्त छु पर्खी बसे है । म खुसी लिएर फर्किनेछु अनि तिजमा तिमिलाई लिन आउने छु।       अहिलेको तिज बाबा ममि सँग मनाउनु। मेरो शुभकामना।                                  उहीँ तिम्रो प्रदेशी माइती….. ओम पाण्डे। (साउदी अरब)।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्