/fi6«klt ;Låf/f /flqef]hnfO{ ;Daf]wg sf7df8f}F, @% c;f]h -/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª cfˆgf] ;Ddfgdf zlgaf/ ;f]N6L xf]6ndf cfof]lht /flqef]hnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M k|bLk/fh jGt

काठमाडौं,शनिबार, १७ साउन २०७७ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–नेपाल सम्बन्ध विकासलाई ठूलो महत्त्व दिएको र द्विपक्षीय सम्बन्धलाई अझ अघि लैजान नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

चीन–नेपाल सम्बन्धको ६५औं वार्षिकोत्सवको अवसरमा भण्डारीलाई बधाई सन्देश पठाउँदै सीले आफू दुवै देशका जनताको हित र क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न तयार रहेको बताएका चनियाँ सरकारी सञ्चारमाध्यमले बताएका छन् ।

गत वर्ष आफू र भण्डारीले गरेको एकअर्को मुलुकको भ्रमणले द्विपक्षीय सम्बन्धलाई कहिल्यै नटुंगिने मित्रता, विकास र समृद्धिको निम्ति रणनीतिक समझेदारीमा उकालेको उनले बताए ।

नेपाल र चीनबीच सन् १९५५ को अगस्ट १ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै मुलुकले एक अर्कोलाई सम्मान र समान व्यवहार गर्दै आएको सीले उल्लेख गरेका छन् ।

भण्डारीले पनि द्विपक्षीय सम्बन्ध उल्लेख्य रुपमा विस्तार भएको र अझ गहिरो बन्दै गएको बताएकी छिन् । उनले चीनले प्रस्ताव गरेको मानव जातिको लागि साझा भविष्यसहितको समुदाय बनाउने विचारको स्वागत गर्दै चीनकै बेल्ट एन्ड इनिसिएटिभमा सहभागी हुने बताएकी छिन् । उनले कोरोनाविरोधी लडाइँमा चीनले गरेको सहयोगको लागि समकक्षी सीलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खच्याङले पनि बधाई सन्देश आदानप्रदान गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्