काठमाडौँ, बिहिबार, ११ मङ्सिर २०७७ । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा नि’धन भएको छ । विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा नि’धन भएको हो ।
अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका म्याराडोनाको दुई साताअघि साता मात्रै मस्ति’ष्कको सफल श’ल्यक्रिया गरिएको थियो । सफल श’ल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।
अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन्।अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्र’शिक्षक रहेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।