गोरखा, शनिबार, १७ साउन २०७७ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ |

महिला दिदि बहिनीहरुको महान पर्ब हरितालिका तीजको अवसर पारेर लोक दोहोरीका चर्चित गोरखाली गायक सर्जक रविन लामिछानेको निकै प्रतिक्षित तिज गित पानपाते ठुली -२ ‘लुम्लेमा पानी’ सार्बजनिक गरिएको छ ।

चर्चित लोक दोहोरी गित ‘सालको पात टपरी’ गितका चर्चित गितकार एवम् सर्जक नवराज पन्तको उत्कृष्ट शब्द सृर्जनामा सजिएको गितमा लोकप्रिय गायक सर्जक खेम सेन्चुरिको लय रचना रहेको छ ।

लोकप्रिय गायक गायिका रविन लामिछाने, टिका सानु, प्रकाश पराजुली र धनमाया नेपालीको उत्कृष्ट स्वरमा उक्त गित ‘लुम्लेमा पानी’ सफल बनेको छ ।

देवेन्द्र बव्लुको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा मौसम हिमालीले नृत्य निर्देशन रहेको छ । करन चौसिरले छायांकन गरेको भिडियोमा प्रविन भट्टले सम्पादन रहेको छ । भिडियोमा चर्चित कलाकारहरु निक्स शर्मा, जुना गुरुड, देवेन्द्र बब्लु र गीता ढुंगानाको उत्कृष्ट अभिनय एवम् मोडेलिङ्ग रहेको छ ।

उक्त गितलाई रविन लामिछानेको अफिसियल युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।

सिमपानी न्युजको तर्फबाट सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्