गोरखा, बुधबार, १० मङ्सिर २०७७ । गोरखामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । गोरखाका ११ वटै स्थानीय तहलाई ग्लोबल गोरखा समाजले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

जिल्लाको ११ स्थानिय तहलाई १ लाख रुपैया बरावरको १३ हजार थान मास्क र ३० थान थर्मल गर्न उपलब्ध गराएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोककुमार गुरुङले जानकारी दिनुभयो । त्यस्तै गरी समाजले स्वास्थ्य कार्यालय गोरखा, जिल्ला समन्वय समिति र पत्रकार महासंघलाई समेत उत्त सामाग्री प्रदान गरेको छ ।

समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले आज सदरमुकाममा एक कार्यक्रम आयोजना गरी जिल्लाको सबै स्थानिय तहलाई मास्क र थर्मल गन हस्तान्रण गरेका थिए । समाजले हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले जिल्लाको सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानिय तहलाई सामाग्री हस्तान्तरण गरीएको हो ।

स्वास्थ्य कार्यालयलाई १० हजार थान मास्क र १० थान थर्मल गन, समन्वय समितिलाई २ हजार थान मास्क र २ थान थर्मल गन र पत्रकार महासंघलाई २ हजार थान मास्क र १ थान थर्मलगन उपलब्ध गराएकोे नेपाल प्रतिनिधि पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा समन्वय समितिलाइ ग्लोबल गोरखाका नेपाल प्रतिनिधी पोखरेलले सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने ११ स्थानीय तहलाई जिल्ला समन्वय समितिका प्रमुख गुरुङले उत्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । समाजले ११ लाख ७६ हजार ८०० बरावरको स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्