गोरखा, ३० असोज । मंगलबार गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ । विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती लगिएको हो । गोरखा दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको फूलपाती चौताराबाट वा २० च ४३९४ नम्वरको जिपमा राखेर काठमाडौं लगिएको हो । ‘

एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती काठमाडौँ हनुमानढोका लाने प्रचलन शुरु भएको हो ।

शाह बंशको उद्गम थलो गोरखाबाट २०६६ सालसम्म हिँडेर धादिङको जिवनपुर, नुवाकोट हुँदै फूलपाती लगिन्थ्यो, तर २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरवाटोको प्रयोग गर्न थालिएको हो ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन बिकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा आज विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती लगिएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्