काठमाडौँ, मंगलबार, ४ कात्तिक २०७७ । गोरखाली युवा काग्रेसहरुबाट सन्चालित कार्यक्रम गन्थन,मन्थनले नेता कार्यकर्ता बिचको दुरी घटाऊदै गएको छ ।

विगत १ महिना अगाडि देखि सामाजिक संन्जाल म्यासेन्जरमा गन्थन,मन्थन ग्रुप निर्माण गरेर गोरखा काग्रेसका नेता देखि कार्यकर्तासम्मलाई एऊटै ग्रुपमा समावेश गरेर भर्चुअल माध्यम (जुम) मार्फत स्वदेश तथा विदेशमा रहेका गोरखाली युथहरुको सक्रियतामा कार्यक्रम “गन्थन,मन्थन” मार्फत नेता तथा कार्यकर्ता बिचको दुरी नजिक बनाऊन युवाहरु सक्रिय भएका छन् ।

गन्थन,मन्थन टिमले करिब एक महिनाको बिचमा सबै तहमा नेतृत्व गर्ने नेताहरु बिच एकचरण आफ्नो अनौपचारिक संम्वाद सकेर यहि मिति २०७७ कार्तिक १ गते शनिवार साँझ ७:३० बजे आफ्नो औपचारिक कार्यक्रम “शिक्षक अनुभव” सम्पन्न गरेको छ ।

नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघमा आबद्द भएका र नेपाल शिक्षक संघ बाटै प्रतिनिधित्व गर्ने शिक्षक महासंघमा आबद्द भएका गोरखाबाट प्रतिनिधित्व गर्ने शिक्षकहरु लाई कार्यक्रममा आमन्त्रित व्यक्तित्वको रुपमा प्रस्तुत गरेको थियो ।

आमन्त्रित व्यक्तीत्वहरुको सुचिमा शिक्षक महासंघका सचिव श्याम प्रसाद लामिछाने (संस्कृत मावी), लुमनाथ लामिछाने नेपाल शिक्षक संघ गोरखा अध्यक्ष, मोहन सापकोटा नेपाल शिक्षक संघ गण्डकी प्रदेश ऊपाध्यक्ष, लक्ष्मण बाबु आचार्य नेपाल शिक्षक संघ गोरखा सचिव, नेपाल शिक्षक संघका विशिष्ट सदस्य कृष्ण अर्याल, ठाकुर प्रसाद लामिछाने लगाएत अन्य शिक्षक संघमा आबद्द नेपाली काग्रेस प्रति शुभेच्छा राख्ने शिक्षकहरु हुनु हुन्थ्यो ।

सोही कार्यक्रमको सभापतित्व गन्थन मन्थन टिमको सबै भन्दा कान्छो सदस्य नेपाल विधार्थी संघ शहिद स्मृति बहुमुखी क्याम्पस चितवन ईकाई सह-सचिव अमिर बाबु खनाल ले गर्नु भएको थियो भने कार्यक्रमको सहजकर्ताको भुमिका नेपाल विधार्थी संघ निवर्तमान केन्द्रीय सदस्य प्रतिमा भट्ट ले गर्नु भएको थियो ।

साथै, कार्यक्रमको शुरुवाती चरणमा नै कार्यक्रमकी सहजकर्ता प्रतिमा भट्टले आफ्नो विचार राख्दै “शिक्षकहरु चाहि नेता ऊत्पादन गर्ने नेता हुन्” भन्ने भनाईका साथ कार्यक्रम शुरुवात गर्नु भएको थियो । कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरु लाई स्वागत मन्तव्य सहित कार्यक्रम गन्थन मन्थनको परिभाषा, ऊदेश्यको बारेमा नेपाल विधार्थी संघ मनमोहन कलेजका संस्थापक ईकाई सभापती, गोरखा कांग्रेसका क्रियाशील प्रवासी युवा विराट बाबु खनाल ले आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय नेताहरु चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, कमला पन्त , नेपाल मुस्लिम संघका अध्यक्ष हाजी अब्दुल सतार, महासमिति सदस्य राजेन्द्र बजगाई, नेपाली काग्रेस गोरखाका सचिव गोरखा काग्रेसको भविष्य ऊदयमान नेता नन्द प्रसाद न्यौपाने, युवा नेता, महासमिती सदस्य, गोरखा नगरपालिका मेयर राजराज पन्त, नेका गोरखाका महाधिवेशन प्रतिनिधि, गोरखा काठमाडौ संम्पर्क समितीका अध्यक्ष जनार्दन अर्याल, सफल जनप्रतिनिधी पालुङगटार नगरपालिका मेयर ई. दिपक बाबु कडेल, भिमसेन थापा गाँउपालिका उपप्रमुख बिनु वाग्ले, गण्डकी गाँउपालिका उपप्रमुख ललिता अधिकारी लगाएत धेरै क्रियाशील युवा काग्रेसीहरुको सहभागिता भएको थियो।

कार्यक्रममा आमन्त्रित व्यक्तीत्वहरुले निम्न जिज्ञासाहरुमा रहेर आफ्ना विचारहरु दिनु भएको थियो भने केहि छुटेका विषयवस्तुहरुमा नेपाल विधार्थी संघ गोरखा काठमाडौ संम्पर्क समितीका सभापती अनुप कडरीयाले पनि जिज्ञासाहरु राख्नु भएको थियो ।

  • विधार्थी जीवनमा नेपाल विधार्थी संघमा आबद्द हुदाँको अनुभव र पिडा
  • शिक्षक संघमा आबद्द हुदाँका अनुभव,योगदान र अफ्ठ्यारा
  • गोरखामा नेका ले शिक्षक संघ लाई हेर्ने दृष्टिकोण
  • हाल कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव र नेका गोरखाको भुमिका
    *२०४६ पश्चात नेका सरकारमा रहदा शिक्षक संघ प्रति पार्टीको हेर्ने दृष्टिकोण, सामुदायिक विधालयको गुणस्तर वृद्दीमा नेका पार्टिको योगदान
  • २०४६ सालको परिवर्तन पश्चात नेका सरकारले हरेक वाड १ आधारभूत विधालयको अवधारणा लेरायो तर यसको सुधारकों लागी के कस्ता प्रयास रहयो ?
  • शिक्षक पेशालाई अझै मर्यादित बनाऊन शिक्षक संघको भुमिका लगाएत समसामयिक विषयहरु थिए ।
    कार्यक्रमको रोचक विषयवस्तु त के थियो भने केन्द्रीय नेताहरु सुन्ने र शिक्षकहरुले आफ्ना विचारहरु राख्ने र पार्टी नेतृत्व र नेता हरु का कमिकमजोरीहरु को बारेमा प्रष्ट पार्ने र सुध्रिन अनुरोध गर्ने थियो। कार्यक्रमको सहजकर्ताको भुमिकामा रहेकी प्रतिमा भट्ट लगाएत गन्थन,मन्थन टिमका युवाहरुले पनि कार्यक्रमको ऊदेश्य भनेकै यहि भएको र शिक्षकहरुको विचारहरु प्रति आफ्नो ऊच्च सम्मान रहेको धारणा व्यक्त गरेका थिए। यधपी नेताहरुको लागी भने २ मिनेटको समय बोल्नको लागी छुट्याईएको थियो ।

यसै कार्यक्रमको उदेश्यको विषयमा हाम्रो जिज्ञासामा प्रवासी युवा विराट बाबु खनाल ले हाम्रो यो कार्यक्रमले गोरखा काग्रेसलाई एक ढिक्का बनाउन र भविष्यमा आऊन सक्ने चुनौतीहरु संग काग्रेसीहरु मिलेर नै अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिगेका छौ भन्ने विचार व्यक्त गर्नु भएको थियो , संगै अब मान्बुमा काग्रेसलाई पिडा पर्दा भच्चेकमा काग्रेसलाई दुख्नु पर्छ, हामी यहि अभियानलाई सार्थक बनाऊन यहि कार्यक्रम मार्फ़त पनि सक्छौ भन्ने विश्वास रहेको विचार व्यक्त गर्नु भएको थियो ।

गन्थन, मन्थन टिमले अब हप्ताको १ दिन यही कार्यक्रम मार्फ़त आम गोरखाली काग्रेसीहरु संग अनौपचारिक रुपमा समसामयिक विषयबस्तुका साथ जोडिने भएपनि प्रत्येक शनिवार भने कार्यतालिका अनुसार औपचारिक रुपमा विशेष विशेष कार्यक्रम साथ हरेक तहमा रहेका नेका गोरखालाई माया गर्नेहरुको साथमा संवाद हुने भन्ने टिमको लक्ष्य रहेको पनि बताएको छ, अनौपचारिक कार्यक्रम कुन दिन हुने भन्ने विषयमा चाहि निर्णयमा पुग्न नसकेको पनि जनाएको छ ।

साथै, आगामी हप्ता नेपालीहरुको महान चार्ड दशै परेकोले सो कार्यक्रमलाई ६ गते साँझ विहिबार गर्ने आयोजकको योजना रहेको पनि बताएको छ, हामीले कार्यक्रमका आमन्त्रितहरु लाई ख़बर गरेका छौ तर ऊहाँहरु समय अनुकुल मिलेर पोजेटिभ रेस्पोन्स आयो भने सो दिन हाम्रो कार्यक्रम गोरखामा प्रतिनिधित्व गर्नु हुने क्रियाशील पत्रकारहरु जो हाम्रा विचार र सिद्धान्त संग नजिक हुनु हुन्छ ऊहाँहरु संग गर्ने भन्ने भएको छ यधपी हामीले समय दिनको लागी अनुरोध गरेका छौ तर ऊहाँहरुको रेस्पोन्स को प्रतिक्षामा छौ यो समाचार तयार पार्दा सम्म कुनै रेस्पोन्स नआएको पनि आयोजक टिमले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्