गोरखा, आइतबार, १४ मङ्सिर २०७७ । गोरखामा नेकपा र समाजवादीका दर्जनौ कार्यकर्ता काँ’ग्रेसमा प्रवेश गरेका छन । गोरखामा आज आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी काँ’ग्रेसमा प्रवेश गरेका छन ।

पछिल्लो समय केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) परित्याग गरी गोरखामा काँग्रेस प्रवेश गर्नेको लर्को लागेको हो ।

स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जित हाँसिल गरेको बारपाक सुलिकोट वडा नं ३ का युवा शनिबार काँ”ग्रेसमा प्रवेश गरेका छन् ।

काँ’ग्रेस प्रवेश गर्नेलाई काँ’ग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्ता एवम् गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले माला, खादा र सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको थियो ।

जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका सांसद दवाडीले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्