गोरखा, शनिबार, २० असार २०७७ । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेका छन् ।

संक्रमितको मृत्यू भएको पुष्टि भएसँगै आज शनिवार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले शहिद लखन गाउँपालिका १ बक्राङ र गोरखा नगरपालिका १२ को सिमानामा पर्ने लुदीखोला दोभानमा शव ब्यवस्थापन गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भएको थियो ।

उक्त ठाउमा प्रहरी सहित जेसिभी पठाएर खाल्डो खन्ने तयारी भएपछि स्थानीयले शव ल्याउन लागेको भन्दै अवरोध गरेका हुन् ।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षिय पुरुषको कोरोनाका कारण आज बिहान मृत्यू भएको हो । कतारबाट असार १६ गते आएका उनी गाउँमै क्वारेन्टिनमा रहेको र शुक्रवार राती स्वास्थ्य समस्या देखिएपछि गोरखा अस्पतालको आइसोलेसनमा रहेका थिए । उपचारको क्रममा उनको मृत्यू भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्