गोरखा, १४ मङ्सिर २०७७ । गोरखाको लिगलिगकोटमा होमस्टे उद्घाटन सम्पन्न भएको छ । ७ वटा खोपी (बासस्थान वा कोठा) निर्माण गरी होमस्टे सञ्चालनमा ल्याइएको छ ।

पालुङ्टार नगरपालिकाका मेयर इ. दिपकबाबु कंडेलले उक्त होमस्टे उद्घाटन गर्नु भएको थियो । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. २ मा पर्ने लिगलिगकोटको प्रचार प्रसार र प्रबर्दन गर्ने उदेश्यले, नगरपालिकाको तर्फबाट प्रवर्दनमा आफूले सक्दो सहयोग गर्ने नगरप्रमुख कंडेलले बताउनभयो ।

लिगलिगकोट होमस्टे समितिका संरक्षक बेद बहादुर राना मगरले सञ्चालन गर्नुभएको उक्त होमस्टे उद्घाटन कार्यक्रममा बिशेष अतिथि पालुङ्टार नगरपालिका वडा नं. २ का वडाध्यक्ष लोकनाथ वाग्ले, स्थानिय अर्डिनेटर इश्वरी प्रसाद सापकोटा, गेहेन्द्र बहादुर राना, पूर्ण बहादुर राना, कृष्ण मरहट्टा लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

एउटा खोपी निर्माणको लागि रु.३ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्