गोरखा, बुधबार, १४ असोज २०७७ । बिरगञ्जबाट गोरखाको आरुघाट आएका १ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । आरुघाटको भिमोदय क्याम्पसको क्वारिन्टीनमा बसेका उनलाई कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

बिरगञ्जबाट असोज ८ गते आएर क्वारिन्टीनमा बसेका ४ जना मध्ये १ जना २४ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य प्रमुख बिजय श्रेष्ठले बताउनु भयो । । उनीसंगै बस्दै आएका अन्य ३ जनाको पनि स्वाब संकलन गर्न लागेको श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा जिल्लामा यो सहित कुल २७२ जनामा संक्रमण पुष्टी भएको छ । जस मध्ये जिल्ला स्वास्थ्य कार्यालय गोरखाले स्वाब संकलन गरेको २४५ जना र बाहिरी जिल्लामा स्वाब संकलन गरेर संक्रमण देखिएका ३२ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

मंगलबार पनि जिल्लाको भीमसेन थापा गाउँपालिकामा काम गर्न आएका एक मजदुरमा कोरोना पुष्टि भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्