गोरखा, ११ जेठ २०७७ । गोरखाको अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गोरखाको अजिरकोट गाउँपालिकालाई स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नमस्ते किड्स नेपाल नामक गैर सरकारी संस्थाले गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

उक्त संस्थाले ३० थान पिपिई, २ सय थान सर्जिकल मास्क, ८ लिटर स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ । संस्थाले गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल र गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेश दुुवाडीलाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।