गोरखा, बिहिबार, ११ मङ्सिर २०७७ । केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी गोरखामा नेपाली काँग्रे’समा प्रवेश गर्नेको लहर चलेको छ ।

गोरखाको अजिरकोट गाउँपालिका–४ सिमजुङ र वालुवाका १०० भन्दा बढी नेकपा कार्यकर्ता बुधबार काँ’ग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सोही क्षेत्रका गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी र गोरखा काँ’ग्रेसका सचिव नन्दप्रसाद न्यौपाने लगायतले माला र टिका लगाएर स्वागत गरेका थिए ।

नेपाली काँग्रेस सिमजुङ गाउँ समितिको आयोजनामा भएको सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए ।

कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका सांसद दवाडीले गोरखाको विकासको लागि जनताले काँ’ग्रेस रोजेको धारणा राखे । सांसद दवाडीले यसअघि कात्तिकमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका १ सय ६० युवा काँग्रेस प्रवेश गराएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्