गोरखा, २७ कात्तिक २०७६ । भिमसेन थापा गाउँपालिका ४ साबिक (धावा) निवासी कृपेन्द्र शाक्य (रक्तिम) को श्रीमति बर्ष २६ कि निर्मला धमला शाक्यको मृगौला प्रत्यारोपण उपचारत रहेकी छिन् ।

उपचारका क्रममा ३/४ लाख रुपैया पहिला नै सकिएको र अझै १२/१४ लाख रुपैया लाग्ने डाक्टरको भनाइ रहेको छ । उहाँको आर्थिक अवस्था निकै कमजोर भएका कारणले आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

संसार स्वार्थी छैन अझै पनि करोडौ सहयोगी मनहरु जिवित छन “रगतको नाताभन्दा भावनाको नाता ठुलो हुन्छ” भन्ने आशयका साथ दुबै मृगौला फेल भएर उपचार खर्चमा छटपटाई रहनुभएकी भिमसेन थापा गाउँपालिका वडा नं-४ निवासी निर्मला धमला शाक्यको उपचार खर्चमा सहयोग पुर्याउने उदेश्यले हाम्रो अभियानलाई सहयोग गरिदिनु हुन्छ भन्ने आशा राखेको पारिवारिक स्रोतले जनाएको छ ।

निर्मला धमलाको नाममा रहेको हिमालयन बैंक, गोरखा शाखा, खाता नम्बर  03406049580018 मा सहयोग गरिदिनका लागि परिवारले अपिल गरेको छ । उहासँग सिधा सम्पर्कका लागि सम्पर्क नम्बर निर्मला धमला शाक्यको फोन नम्बर 9823377795, कृपेन्द्र शाक्यको फोन नम्बर 9818765069 र सबित शाक्यको फोन नम्बर 9825128512 मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

सहयोग पाए बाँच्ने आशा रहेको जीवन र मरणको दोसाँधमा रहेकोले देश तथा विदेशमा रहनुहुने साथीहरुले जो सकेको सहयोग गर्नु हुनेछ भन्ने आशा राखेका छौं ।

Bank account No : 03406049580018

Bank Name: Himalayan Bank Limited

Gorkha branch

Account holder Name: Nirmala Dhamala