गोरखा, शनिबार, २० असार २०७७ । आज शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गरिने भएको छ ।

शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शव गोरखा नगरपालिका वडा नम्वर १२ र शहिद लखन गाउँपालिका वडा नम्वर १ को सिमानामा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । ‘पीपीई सेट लगाएर चार जना सेना शव व्यवस्थापनमा खटिनुहुन्छ,’ ‘एम्वुलेन्समा शव लाने तयारी भइरहेको छ ’ उहाँले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्