टोकियो, २८ भदौ, २०७५ । एनआरएनए महिला फोरम जापान द्वारा हरितालिका तीजको उपलक्ष्यमा जापानबासी दिदी बहिनीहरूलाई दर खुवाउने कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) जापान महिला फोरमले नेपाली नारीको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा निशुल्क दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो ।

एनआरएन जापान महिला फोरम संयोजक सबिता श्रेष्ठले कार्यक्रम निकै भब्य रुपमा सम्पन्न भएको बताउनुभयो । संयोजक श्रेष्ठका अनुसार कार्यक्रममा सबैलाई समेटेरतीज मेलाकोआयोजना गर्दै निशूल्क दर खुवाइएको हो । कार्यक्रममा जापानमा रहनुभएको नेपाली दिदी बहिनीहरुको उल्लेख्ख सहभागिता रहेको थियो ।

कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, बिशेषहरू अतिथि एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन जापान अध्यक्ष टासी वांगदी लामा, नेपाल पत्रकार महासंघ जापानअध्यक्ष मोहन घले, कलाकार याम खत्रि, राजनैतिक दलका तथा संघसंस्थाका प्रतिनिनिधिलगायतको सहभागिता रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्