गुल्मी, शुक्रबार, १२ मङ्सिर २०७७ । गुल्मीको इस्मा गाउँपालिकामा जी’प दु’र्घटना हुँदा ज्या’न गुमा’एका पाँ’च जनाको परिचय खुलेको छ ।

ज्यान गुमा’उनेहरुमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दु’र्घटना भएको हो । दु’र्घटनामा तीन जना घाइते भएका छन् । दु’र्घटनामा इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् ।

घाइ’तेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदैछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्