काठमाडौँ, बुधबार, १७ मङ्सिर २०७७ । वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ छ ।
उनले ट्वीटरमा लेखेका छन्, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ ।
प्रधानमन्त्रीलाई मेनसन गर्दै थापाले यो तपाईँका लागि निकै महँगो पर्नेछ भनेका छन् । यस्तै नेता नैनसिंह महरले पौडेलमाथि गरिएको दुव्र्यवहार खेदजनक भएको बताए । पौडेललाई नेकपाका कार्यकर्ता र नेकपा पुलिस प्रशासनले अबरोध गरेर हिरासतमा लगिएको नेता महरको आरोप छ ।
