काठमाडौं, १४ माघ २०७६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।