धादिङ, शनिबार, १ कात्तिक २०७७ । गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्र’मण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए ।

गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्र’मण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्