पोखरा, आइतबार, १८ साउन २०७७ । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तनहुँका २, स्याङ्जाका ८, लमजुङका ३, बाग्लुङका १ र कास्कीका ६ जना रहेका छन् । जसमा ४ महिला छन् भने बाँकी पुरुष रहेका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसनमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ४ पुगेको छ । जसमा एक हजार २ सय ४५ जना उपचारपछि निको भैसकेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्