फायल तस्वीर                                              काठमाडौं:विभिन्न आपराधिक कृयाकलाप र गुण्डागर्दीका आरोप विवादमा परिरहने काभ्रेका कांग्रेस युवा नेता गणेश लामालाई विनाशर्त रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना नेतासमेत रहेका लामालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको हो
काभ्रे कांग्रेसका सभापति मधु आचार्यले पत्रकार सम्मेलन गरेर निर्दोष रहेका लामालाई रिहा गर्न भनेका हुन् । ‘हाम्रा निर्दोष नेतामाथि झुठो आरोप लगाएर प्रहरीले पक्राउ गरेको छ’, उनले भने, यो दुःखद् घटना हो। उहाँलाई स-सम्मान रिहा गर्न सरकारसँग माग गर्दछु ।’
आचार्यले गौशालाको पशुपति भिजन होटलमा बुधबार राति लामामाथि गोली हानेर फरार रहेकालाई पक्राउ गरी कारवाही गर्न तथा लामामाथिको अभियोग खारेज गर्न पनि माग गरेका छन् ।
विजय गच्छादरसँगै फोरम लोकतान्त्रिकबाट फर्केपछि लामा कांग्रेसको राजनीतिमा क्रियाशील थिए । उनलाई बुधबार राति गौशलाबाट पक्राउ गरेर प्रहरीले हतियार खरखजना मुद्दा चलाउन हिरासतमा राखेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्