काठमाडौं , २०७५ साल भाद्र ९ गते शनिबार । निर्मलाका लागि न्याय भन्दै नागरिक समाजले शनिवार १२ बजे माईतीघर मण्डल, काठमाडौं र हेटौंडाको बुद्ध चोकमा प्रदर्शन गर्ने भएका छन् ।

सामाजिक सञ्जालमा ह्यासट्याग #Justice For Nirmala प्रयोग गरेर चलाईएको अभियानमा धेरैले सहभागिता जनाउने बताएका छन् । कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गरिने उक्त प्रदर्शन कुनै राजनैतीक दलको नभएको पनि स्पष्ट भएको छ ।

स्वतस्स्फुर्तरुपमा सामाजिक संजाल चलाउनेहरुले शुरु गरेको ह्यासट्याग अभियान प्रदर्शनमा पुगेको छ। अधीकांश प्रयोगकर्ताहरुको एउटै भनाई रहेको छ (ुकुनै पनि राजनैतिक नारा र झण्डा प्रदर्शन गर्न पाईने छैन्। यो नितान्त सामाजिक अभियान होु ।

नेपाली कांग्रेसका नेता गगन थापा पनि उक्त प्रदर्शनमा सहभागी हुने भएका छन । उनलाई कांग्रेसको प्रतिनिधित्व त गर्नु हुन्नभन्दा उनले भने ुकाग्रेस भएर हैन मेरा छोरीहरु को बाबा भएर शनिवार १२ बजे माइतीघर मण्डल जाने छुु ।

थापा सामाजिक आन्दोलनहरुमा पनि उतिनै सक्रिय र राजनीति र सामाजिक उत्तरदायित्वको मसिनो डोरी छुट्टयाउन सक्ने एक कुशल राजनीतिज्ञ हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्